• Need help? Call Us: 015346389/9844052303

About Us

पृष्ठभुमि -Background:-

नेपाल सरकारको आर्थिक वर्ष २०७५/७६ को बजेट बक्तव्यमा नेशनल ट्रेडिङ लिमिटेडलाई नेपाल खाद्य संस्थानमा गाभी राष्ट्रिय आपूर्ति कम्पनी गठन गर्ने कुरा उल्लेख भएको । उक्त बजेट बक्तव्यमा उल्लिखित नीति कार्यान्वयनको क्रममा मिति २०१८ चैत्र १८ गते स्थापित नेशनल ट्रेडिङ लिमिटेड र मिति २०२१ मंसीर १७ गते स्थापित नेपाल खाद्य संस्थानलाई गाभेर नयाँ सरकारी कम्पनीका रुपमा “खाद्य व्यवस्था तथा व्यापार कम्पनी” गठन गर्ने नेपाल सरकार मन्त्रिपरिषद) को मिति२०७६/०२/१० को निर्णय अनुसार मिति २०७६ श्रावन २८ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई औपचारिक रुपमा “खाद्य व्यवस्था तथा व्यापार कम्पनी” स्थापना भएको छ ।

उद्देश्यहरु -Objectives_

(क) खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्ने ।

(ख) किसानको उत्पादन र स्वदेशी उद्योगले प्रोत्साहन पाउने तथा उपभोक्ताले प्रतिस्पर्धी मुल्य एवं गुणस्तरका  अत्याबश्यक वस्तु सहज र सुलभ रुपमा प्राप्त गर्न सक्ने गरी बजार निर्माताको भूमिका खेल्ने ।

(ग) उपलब्ध श्रोत साधनको अधिकतम उपयोग तथा व्यवसायिक क्रियाक्लाप विस्तार र विविधिकरण गर्दै दिगो आय आर्जन गर्ने ।

(घ) अत्याबश्यक वस्तु तथा सेवाको माग र आपूर्तिका तथ्याङ्कीय आधार तयार गरी नीति निर्माण गर्न आवश्यक सहयोग पुर्याउने ।

(ङ) कम्पनीलाई व्यवसाय–उन्मुख एवं उत्तरदायी बनाउने ।